२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवल पावर कम्पनीको लाभांश घोषणा

बुटवल पावर कम्पनीको लाभांश घोषणा

1.6K
Shares

काठमाडौं – बुटवल पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, सो दिनको बैठकले एफपीओ (थप सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले एक करोड कित्ता सेयर एफपीओ मार्फत निष्काशन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij