काठमाडौं – धितोपत्र दोस्रो बजारमा सोमवार पनि लगानीकर्ताको उत्साह कायमै रहेको छ । कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै सोमबार नेप्सेमा कारोबार भएका १६५ कम्पनीको शेयरमा हरियाली छाएको छ । जसमा नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको २ करोड १४ करोड ९७ लाख ६१९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij