काठमाडौं– माउन्टेन हाइड्रो नेपाल लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।
कम्पनीले लाभांश भने विगतरण नगर्ने भएको छ। नगद र बोनस कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नरहेको कम्पनीले जनाएको छ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्दै छ। पुस १२ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले कम्पनीको सभामा भाग लिन पाउने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij