२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

1.3K
Shares

काठमाडौं – यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको हो।

पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij