२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको साधारण सभा पुस २६ गते

एनएमबि बैंकको साधारण सभा पुस २६ गते

1.1K
Shares

काठमाडौं– एनएमबि बैंक लिमिटेडले पुस २६ गते, बिहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लागयतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij