२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिक नेपाल लघुवित्तको साधारण सभा पुस २४ गते

युनिक नेपाल लघुवित्तको साधारण सभा पुस २४ गते

705
Shares

काठमाडौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते, मंगलबार, कोहलपुर नगरपालिका, होटल सेन्ट्रल प्लाजा, बाँकेमा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij