२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मर्जर र एफपीओबाट दुई दिनमै ४१ संस्थाले बुझाए १२ अर्ब ४७ करोड राजस्व

मर्जर र एफपीओबाट दुई दिनमै ४१ संस्थाले बुझाए १२ अर्ब ४७ करोड राजस्व

4.4K
Shares

 

काठमाडौं – एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । शुक्रबारमात्रै ३० संस्थाले ११ अर्ब ३ करोड यस्तो कर दाखिला गरेका थिए। शनिबार थप ११ संस्थानले एक अर्ब ४४ करोड रुपैयाँ दाखिला गरेका ठूला करदाता कार्यालयले जनाएको छ ।

४१ वटा संस्थाले नै एफपिओबाट हुने लाभको कर बुझाएका छन् भने तीमध्ये १४ वटा संस्थाले एफपिओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएको देखिएको छ।

कर दाखिला गर्ने समय आज राति १२ बजे सम्म रहेको छ । आजसम्म दाखिला गर्नेले जरिवाना छुट पाउने व्यवस्था छ । महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असूल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो । तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखा परिक्षकको प्रतिवेदनले उठाएका विषय वेवास्ता गर्दै आएका थिए ।

महालेखाको ६० औं प्रतिवेदनमा सरकारले कर उठाउनुपर्ने विषय उठाइएको छ । महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनु पर्ने विषय उठाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेका थिए।

सरकारले समयमै निर्णय नदिएकाले अर्बौ रकम शुल्क र जरिवानाको दायित्वमा परेका संगठित संस्थालाई छुट दिने घोषणा डा. महतले आर्थिक ऐनमार्फत गरेका थिए । तर, उक्त शुल्क र जरिवानामा छुट दिने निर्णय गर्दा संविधान विपरित सरकारले कर लगाउने खोजेको भन्दै अर्थमन्त्रीले गरेको निणर्यविरुद्ध १६ वटा वाणिज्य बैंकहरू सर्वोच्च अदालत पुगेका थिए ।

पूर्वअर्थमन्त्रीहरूले कुनै निर्णय नगर्दा राज्यले गुमाएको अरबौ राजस्व अर्थमन्त्री महतको निर्णयले राज्य कोषमा आउन लागेको छ । अर्थमन्त्री महतले छुट दिने निणर्य नगरेर विगतका अर्थमन्त्री जस्तै मौन बसेको भए संवैधानिक निकायले प्रश्न उठाउने र सरकारले नटेर्ने प्रवृत्ति बढ्दै जाने थियो । तर, अर्थमन्त्री महतले संवैधानिक आयोगले उठाएको विषयलाई महत्वका साथ समाधान गर्दै राज्य कोषमा अर्बौं रकम जम्मा गरेका छन् ।

कुन संस्थाले कुन शीर्षकमा कति कर बुझाए ?

संस्था एफपिओ अन्तर्गत बुझाएको कर बार्गेनपर्चेजको लाभकर
नेपाल एसबिआई बैंक एक करोड ७७ लाख
माछापुच्छ्रे बैंक पाँच करोड ७६ लाख चार करोड ५० लाख
कुमारी बैंक पाँच करोड ८१ लाख
प्रभु बैंक पाँच करोड
स्ट्यान्डर्ड चार्टड बैंक ९१ करोड ३२ लाख
सिटीजन बैंक एक करोड ३९ लाख ६ करोड ८१ लाख
कामना सेवा विकास बैंक दुई करोड ६२ लाख
एनएमबी बैंक एक अर्ब ४३ करोड ५१ लाख ४० करोड ८३ लाख
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड एक अर्ब ३६ करोड ३१ लाख ५२ करोड ८८ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तीन करोड तीन लाख
सानिमा बैंक पाँच करोड ३७ लाख एक १६ लाख
सांग्रिला विकास बैंक एक करोड ६३ लाख
लक्ष्मी सनराइज बैंक १५ करोड ५४ लाख ११ करोड ५० लाख
नबिल बैंक १४ करोड ७० लाख एक अर्ब ४७ करोड सात लाख
हिमालयन बैंक तीन करोड ६९ लाख २७ करोड २० लाख
हिमालयन बैंक (साबिकको सिभिल बैंक) एक करोड नौ लाख
प्राइम बैंक सात करोड ६८ लाख २० करोड ४१ लाख
एनआइसी एसिया बैंक १४ करोड ६५ लाख ३० करोड
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था ७३ लाख ४९ लाख
सिद्धार्थ बैंक सात करोड ६९ लाख १४ करोड १४ लाख
ग्लोवल आइएमई बैंक ३९ करोड ८१ लाख ९२ करोड ५७ लाख
आरएमडिसी साना किसान विकास बैंक पाँच करोड १५ लाख
मुक्तिनाथ विकास बैंक चार करोड ५३ लाख २७ लाख
लुम्बिनी विकास बैंक ११ करोड २० लाख
ज्योति विकास बैंक २१ लाख
गरिमा विकास बैंक तीन करोड ६ लाख
नेपाल बैंक लिमिटेड ९७ करोड ७२ लाख
नेपाल लाइभ इन्सुयुरेन्स एक अर्ब दुई करोड ६७ लाख
नेशनलाइ इन्सुरेन्स पाँच करोड ६२ लाख
लाइफ इन्सुरेन्स नेपाल १५ करोड
सिद्धार्थ प्रिमियर इन्सुरेन्स एक करोड तीन लाख
साबिकको प्रिमियर इन्सुरेन्स १३ करोड ८१ लाख
एनएलआइसी पाँच करोड
नेको इन्सुरेन्स चार करोड ४८ लाख
एनएलजी इन्सुरेन्स ९० लाख
शिखर इन्सुरेन्स ८ करोड ४३ लाख
हिमालयन एभरेष्ट इन्सुरेन्स ११ हजार
आइजिआई प्रडुन्सियल इनसुरेन्स ८७ लाख
साबिको आइएमइ जनरल इन्सुरेन्स चार करोड ४० लाख
सगरमाथा लुम्बिनी इन्सुरेन्स दुई करोड आठ लाख
नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड दुई करोड ६८ लाख
जम्मा सात अर्ब ९७ करोड ८७ लाख चार अर्ब ४९ करोड ८१ लाख

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij