काठमाडौं – नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सहकारी खबरका सम्पादक श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सहसम्पादक सन्तोष रोकाया, सह–सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपालपत्रका माधवकुमार खड्का चयन भएका छन् ।
सदस्यमा बाह्रखरी डटकमका बलराम बुढाथोकी र अर्थबजार डटकमकी नमिता दुलाल निर्वाचित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij