२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म हुने

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म हुने

1.4K
Shares

काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको कांग्रेस एक नेताले जानकारी दिए ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेकोछ । केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ ।

कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij