काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर आज मंसिर २९ गतेबाट बिक्रीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटलको नाममा रहेको शाइन रेसुंगाको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij