२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

1.5K
Shares

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । उहाँहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेस गर्नुभएको हो । राष्ट्रपति भवनमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुदर्शना पथिरानाले ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

यसैगरी, राष्ट्रपतिसमक्ष गणतन्त्र पानामाका गैर आवासीय राजदूत यसेल एलिन्स बुइलोरिभेरा र बेल्जियम अधिराज्यका गैर आवासीय राजदूत दिदीएर एना एल भ्यान्डेरह्यासेल्टले ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल र्‍याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij