काठमाडौं – नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ३.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३१०.३६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो ।
यससँगै आइतबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३१०.३६ रुपैयाँलाई आधार मानेर हुने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij