२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज सेक्यूरीटीज साधारण सभा पुस २० गते

सनराइज सेक्यूरीटीज साधारण सभा पुस २० गते

1.1K
Shares

काठमाडौं – सनराइज सेक्यूरीटीज लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । सभा कम्पनीको सभाकक्ष गैह्रिधारा काठमाडौंमा दिउँसो २ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ , २०७७/७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले यस सनराइज सेक्यूरीटीज लिमिटेड र अन्य उपयुक्त सेक्यूरीटीज नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र ब्यावसायी संस्थाहरु बिच एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गराउने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij