काठमाडौं – कुमारी बैंकले आफ्ना ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहनेगरी लागू गरिने बैंकले जनाएको छ ।
हाल अधिकतम प्रिमियम दर ४.५ प्रतिशत छ । यसरी हिसाब गर्दा कुमारी बैंकको कर्जाको ब्याजदर जनवरी १ देखि अहिलेको तुलनामा २२.२२ प्रतिशतले सस्तिनेछ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।कुमारी बैंकले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो । कुमारी बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिवर्तन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरू प्रवर्द्धन गर्ने गरेको छ ।
बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंक सदैब तत्पर बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij