२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

1.1K
Shares

काठमाडौं – फरवार्ड माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आवको अन्त्य सम्म कायम रहेको वितरणयोग्य  मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij