काठमाडौं– बुद्धभुमि हाइड्रोपावर कम्पनीले पुस २० गते १५ औ साधारणसभामा डाकेको छ । उक्त साधारण सभामा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव राख्ने भएको छ ।
कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव अघि सारेका छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि विद्युत नियमन आयोग र धितोपत्र बोर्डबाट स्वीकृत भएपछि कम्पनीले शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्ने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुकक्लोज गर्ने भएको छ। पुस ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij