काठमाडौं – जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने भएकाे छ।
कम्पनीले पुस २६ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ। साधारण सभाले पारित गरेपछि आइपीओ निष्काशनको थप प्रकृया अघि बढाउने कम्पनीले जनाएको छ।
सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७९ /२०८० को संचालक समितिको तर्फवाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७९ /२०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्नेछ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८० /२०८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमीक निर्धारण गर्ने , संचालक समितिको गठन गर्ने र वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
पछिल्लो समय उत्पादनमूलक क्षेत्रका कम्पनीहरुले पनि आइपीओ निश्काशन गर्न तयारी थालेका छन्। नेप्सेमा यस्ता कम्पनीहरु बढ्दै गएको देखिन्छ ।सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij