काठमाडौं – बुधवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ। कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा तीन अर्ब ९० करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij