काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँड गर्ने भएको छ।कम्पनीको हकप्रद सेयर मंसिर २८ गते बाँडफाँट गर्ने तयारी भएको जनाएको छ।
गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेपछि हकप्रदमा असोज २२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।
१०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij