काठमाडौं – हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । मंगलबार भएको सुनुवाईले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियममा आइपीओ ल्याउने बाटो खुला खुला भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न लागेको हो।
गएको असोज २२ गते हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ल्याउन लागेको आइपीओ रोक्न माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यम प्रसाद भट्टराईले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij