काठमाडौं – मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा हरियाली छाएसँगै कुल २०८ कम्पनीको शेयरमूल्य बढेको छ ।
अघिल्लो दिन सोमबार निक्कै नै उतारचढावका बीच सेयर बजारमा गिरावट आएको थियो । आज नेप्सेमा कारोबार भएको २९७ कम्पनीको १ करोड २४ करोड ६३ लाख १६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजारको कारोबार भएको छ ।
बजारमा बढोत्तरी आएसँगै सबै उपसूचकमा मात्र हरियाली छाएको छ । बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij