२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन दिनभित्र वित्तीय विवरण पेस गर्न कम्पनीहरुलाई नेप्सेको निर्देशन

तीन दिनभित्र वित्तीय विवरण पेस गर्न कम्पनीहरुलाई नेप्सेको निर्देशन

740
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत संगठित संस्थाहरूले वित्तीय विवरण समयमा नबुझाएपछि तीन दिनभित्र बुझाउन आग्रह गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू तीन दिनभित्र नबुझाए कारबाही गर्ने चेतावनी दिएको हो ।

नेप्सेले उपलब्ध गराएको नट्स लगइनमार्फत विद्युतीय प्रतिअपलोड गर्नुपर्नेमा केही संगठित संस्थाहरूले त्यस्ता वित्तीय विवरणहरू समयमा पेस गरेको नेप्सेले सूचनामा उल्लेख गरेको छ । समयमै वित्तीय विवरणहरू अपलोड नगर्ने संगठित संस्थाहरूलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने जानकारी दिइएको छ । उक्त विनियमावलीबमोजिम संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु सो विनियमावलीले निर्दिष्ट गरेको समयभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij