काठमाडौँ – दुग्ध पदार्थमा लेबल उल्लेख नगरेरै बजारमा दूधको कारोबार गर्ने एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । साथै डेरीले मनोमानी रूपमा लेबलबिनाकै दूधको लेनादेना गरेको पाइएकोले विभाग तीन लाख जरिवाना गरेको जनाएको छ ।
उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रूपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ । तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ ।साथै लेबलबिनाकै बजार पठाउन तयार पारेको त्यस्तो दूधलाई नष्ट गरिएको समेत विभागले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij