काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई मनोनित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन्। हाल उनी भन्सार विभागको महानिर्देशक छन्। यसअघि नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव भुपाल बराल रहेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij