काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ । त्यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन उच्च भाउ हो । यसअघि मंसिर १५ गते पनि यहि विन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो ।
आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)