२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा मंसिर २८ देखि २० औँ हस्तकला व्यापार मेला हुँदै

काठमाडौंमा मंसिर २८ देखि २० औँ हस्तकला व्यापार मेला हुँदै

770
Shares

काठमाडौं – मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो ।

सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताए।

उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए। उनले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए।

उनले मेलामा महासंघको १ करोडभन्दा बढी खर्च हुने बताए। उनले अहिलको अवस्थामा मेला आयोजना गर्न चुनौती रहेको बताए।
मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन्। मेलामापाकिस्तान,बङ्गलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ। त्यस्तै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij