२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्रिकेट खेलाडीलाई दियो डिशहोमले पुरस्कार

क्रिकेट खेलाडीलाई दियो डिशहोमले पुरस्कार

820
Shares

काठमाडौं – डिशहोमले आइसिसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरूलाई प्रदान गरेको छ। डिशहोमले आइतबार भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसरभित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव–पारस खड्का, मुख्य प्रशिक्षक–मोन्टी देसाई, कप्तान–रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरू पनि उपस्थित थिए। २९ अक्टोवरदेखि सुरू भएको आइसिसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो।

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रूपैयाँ, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रूपैयाँ दिइने डिशहोमले जनाएको थियो। यस्तै, एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रूपैयाँ दिइने जनाइएको थियो।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘हामी नेपाली टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो।’ साथै, उनले अबका दिनमा क्यानसँग जोडिएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij