२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

730
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले आफ्नो सेवा शुरु गरेको छ । कम्पनीले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरे । सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे ।
धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए । त्यसैगरि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।

समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij