काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij