२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकले घटायो ब्याजदर

एनएमबि बैंकले घटायो ब्याजदर

965
Shares

काठमाडौं- एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर आज (मंसिर २५ गते) देखि लागु हुनेछ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij