काठमाडौं – नेपाल हाइड्रोको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।
नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। सोमबार यही मुल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो। सोही बोनस वितरणको लागि आइतबार बुकक्लोज गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij