२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनगढीमा महिन्द्राको नयाँ सोरुम

धनगढीमा महिन्द्राको नयाँ सोरुम

785
Shares

काठमाडौं – नेपालमा महिन्द्रा युटिलिटी भेहिकलको एक मात्र आधिकारिक वितरक अग्नी ग्रुपले धनगढी, कैलालीमा नयाँ सोरुमको उद्घाटन गरेको छ। उक्त सोरुमबाट कम्पनीले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयुभीहरू – स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० को बिक्री-वितरण समेत सुरू गरेको छ।

नयाँ ट्विन पिक्स ब्रान्डेड महिन्द्राका एक्सयुभी सोरुमको उद्घाटन मन्त्री प्रकाश बहादुर देउवा, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशंकर ठाकुर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरूका उपस्थितिमा भएको हो।

उद्घाटन कार्यक्रममा अग्नी ग्रुपका कार्यकारी निर्देशक शर्माले धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउनु नयाँ सोरुमको उद्देश्य रहेको बताए। हाल कम्पनीले बिक्री गर्दै आएको महिन्द्रा एक्सयुभी ३०० को सुरुआती मूल्य ४२ लाख ९५ हजार रहेको छ भने यसको सबैभन्दा टप भेरियन्टको मूल्य ६० लाख तोकिएको छ।

त्यस्तै स्कर्पियो एनको सुरुआती बजार मूल्य ८१ लाख ५० हजारदेखि टप भेरियन्टको मूल्य एक करोड २४ लाखसम्म तोकिएको छ। एक्सयुभी ७०० को सुरुआती बजार मूल्य ७४ लाख रहेको छ भने यसको टप भेरियन्टको मूल्य एक करोड १० लाख तोकिएको छ।

अग्नी ग्रुपको हाल नेपालभर ८० भन्दा बढी डिलर र शाखाहरू छन्। कम्पनीले सन् १९९१ देखि नै महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरकका रूपमा स्थापित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij