२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजलाई शेयर कारोबार बन्द

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजलाई शेयर कारोबार बन्द

1.7K
Shares

काठमाडौं- नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुले देखिनै शेयर बजार लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। यसअघि आज बजार २ पटकसम्म सकारात्मक सर्किट लागेर स्थगित भयो ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।

यस अघि २० मिनेटको कारोबार स्थगनपछि सेयर बजार पुनः खुलेको थियो । बजार खुलेको करिब ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । करिब ११ बजेर २५ मिनेटपछि बजार पुनः सुचारु भएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij