२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री र अमेरिकी सुरक्षा परिषदकी वरिष्ठ निर्देशकबिच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी सुरक्षा परिषदकी वरिष्ठ निर्देशकबिच भेटवार्ता

785
Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ ।
बिहीबार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौं आएकी लाउबाचर हिजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij