२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल वेयर हाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

नेपाल वेयर हाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

1.2K
Shares

काठमाडौं– नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो। कम्पनीले एक सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपिओ निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij