२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता

545
Shares

काठमाडौं – इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी फरदान एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल फरदान एक्सचेन्जका महाप्रबन्धक बशर मोहम्मद अलबक्फीले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले फरदार एक्सचेन्जको कतारमा रहेका १६ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउन सक्नेछन् । त्यस्तै मोबाइल एपबाट नेपालमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी, फरदान एक्सचेन्जमार्फत पठाएको रकम इसेवा मनी ट्रान्सफरका देशभर रहेका १३ हजार ८०० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij