२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्तर्राष्ट्रिय स्तरको ‘द लन्डन कलेज’ सञ्चालनमा

अन्तर्राष्ट्रिय स्तरको ‘द लन्डन कलेज’ सञ्चालनमा

600
Shares

काठमाडौं – आईएसएमटी ग्रुप अफ कलेजले काठमाडौंको तीनकुनेमा ‘द लन्डन कलेज’ सञ्चालनमा ल्याएको छ । कलेजले यूकेको विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लन्डन’बाट सम्बन्धन लिएर ‘द लन्डन कलेज’ सञ्चालनमा ल्याएको बताएको छ ।

ग्रुपले यसअघि पनि युनिभर्सिटी अफ सन्डरल्यान्ड यूकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य–मुख्य सहरमा विश्वस्तरीय कलेज सञ्चालन गर्दै आएको बताएको छ ।काठमाडौंको तीनकुनेमा अवस्थित द लन्डन कलेजले बीएससी अनर्स कम्प्युटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना सुरु गरेको छ ।

बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको मागअनुसार अन्र्तराष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी कलेजको छ । कलेजले नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले पढाइ हुने, बजारको आवश्यक जनशक्तिअनुसार पाठ्यक्रम तयार गरिएको र विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिने दाबी गरेको छ ।

आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्यांकन हुने, बढीभन्दा बढी प्रयोगात्मक हुने र तीन घन्टे परीक्षाको मानसिक तनाबबाट विद्यार्थी मुक्त गर्ने कलेजको भनाइ छ । कलेजकी प्रबन्ध निर्देशक सविता पाठकले पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दाबी गरेकी छन् ।

विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपालमा नै बसेर सुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको शिक्षा दिने कलेजेको दाबी छ । यस्तै, कलेजमा आधुनिक लाइब्रेरी, ई लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाको सुविधा रहेको छ ।

विद्यार्थीको अतिरिक्त क्रियाकलापको लागि संगीतका लागि गिटारको उपलब्धता, जीम सेन्टर, पुल हाउस, क्याफे जस्ता ‘रिफ्रेसमेन्ट सेन्टर’ रहेको कलेजले जनाएको छ । विद्यार्थीलाई पर्ने समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ र मनोपरामर्शका लागि आवश्यकताअनुसार परामर्शकर्ताहरू उपलब्ध रहेको कलेजको भनाइ छ ।

कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रूपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्ने द लन्डन कलेजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij