२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निजी क्षेत्रलाई चोभार सुख्खा बन्दरगाह सञ्चालन गर्न दिन सम्झौता

निजी क्षेत्रलाई चोभार सुख्खा बन्दरगाह सञ्चालन गर्न दिन सम्झौता

645
Shares

काठमाडौं – नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरी सम्झौता गरेको छ। सोमबार समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्कबीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सोमबार बन्दरगाह सञ्चालन तथा व्यवस्थापक कम्पनीबीच सम्झौता गरिएको जानकारी गराएका हुन्। करार सम्झौतामा समितिका निर्देशक युवक डंगोल तथा सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पाँच वर्षको लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गरिनेछ। समितिका कार्यकारी निर्देशक गजुरेलले चोभार सुख्खा बन्दरगाह सञ्चालन सुरू भएको करिब २० महिनाको अवधिमा आउँदा यसको व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताए।

उनले उक्त सुख्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा यसको प्रभावकारी सञ्चालन एवम् व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक वृद्धि हुने विश्वास व्यक्त गरे। सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि नेपाल सरकारको तर्फबाट निकायगतरूपमा गर्नुपर्ने कार्यहरूका लागि आवश्यक पहल तथा समन्वय गरिने प्रतिवद्धता उनको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij