२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

1.2K
Shares

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै शतप्रतिशत (१ः१ अनुपात) मा हकप्रद शेयर निष्कासन गर्ने एजेण्डा राखेको हो ।

कम्पनीले साधारण सभा पुस २१ गते कम्पनीको कार्यालय राममन्दिर मार्ग, बत्तिसपुतली काठमाडौंमा दिउँसो १२ः३० बजे सुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २८ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । अर्थात् मंसिर २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij