२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

800
Shares

काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हालसम्मकै उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव बिक्रम थापाले बताए । यसअघि आर्थिक वर्ष २०७८/७९मा कम्पनीले सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij