२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिवपुरी – ६ मा नि:शुल्क स्वास्थ्य शिविर हुने

शिवपुरी – ६ मा नि:शुल्क स्वास्थ्य शिविर हुने

1.7K
Shares

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नं. ६ मा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वडा नम्बर ६ को आयोजनामा हुन लागेको उक्त स्वास्थ्य शिविर मंसिर २३ र २४ गते हुने वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । काठमाडौंको ग्रिनसिटि हस्पिटलको सहयोगमा हुने लागेको उक्त शिविरमा निशुल्क यातायातको पनि व्यवस्था गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा स्त्री रोग परिक्षण, छाला तथा नशा रोग परिक्षण, हाडजोर्नी÷बाथ रोग, भिडियो एक्स रे तथा इ.सि.जि. सेवाहरु, बाल रोग परिक्षण र दन्त परिक्षणका साथै निशुल्क औषधी वितरण गरिने वडा सदस्य कमल लामाले जानकारी दिए ।
स्वास्थ्य शिविर विहान १० बजे देखी ४ बजेसम्म वडा कार्यालय भवनमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij