काठमाडौँ – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार (मङ्सिर १४ गते) हिजो बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ बराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij