काठमाडौं – राष्ट्रिय सभाको निर्वाचन सरकारले माघ ११ गते गर्ने भएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।
फागुन २० गते देखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य पद रिक्त हुँदैछ। राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij