काठमाडौं – नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको हो ।
कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । ती कम्पनीलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश जलविद्युत् र लघुवित्त छन् ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।
कम्पनीको नाम हेर्न यहाँ क्लिक गर्नु होला
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij