२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंसिर २७ देखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

मंसिर २७ देखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

1.7K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने भएको छ। महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगर प्रहरीमार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij