२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

६ माइक्रोफाइनान्सको लाभांश घोषणा

६ माइक्रोफाइनान्सको लाभांश घोषणा

1.9K
Shares

काठमाडौं – माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै अहिलेसम्म गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ । सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

 

कम्पनी बोनस सेयर नगद लाभांश
धौलागिरी लघुवित्त १४.२५ ०.७५
सपोर्ट माइक्रोफाइनान्स १३ ०.६८४
स्वाबलम्बन लघुवित्त १२.३५९ ०.६५
युनिक नेपाल १९
एनआईसी एसिया लघुवित्त १५
आरएसडीसी लघुवित्त ८.६ ०.४५

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij