काठमाडौं – अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेका छन्। अहिलेसम्म लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ। बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश नपाउने भएका छन् ।
बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् । त्यस्तै ग्लोबल आईएमई बैंकको मङ्गलवार बुक क्लोज मिति तय भएको छ । मङ्गलवारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।
लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन्। यी बैंकको सेयर खरिद गर्नेहरू अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् । माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले शेयर धनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।
कुन कुन बैंकले कति दिए लाभांश ?
| बैंक | बोनस सेयर | नगद लाभांश |
| माछापुच्छ्रे | १३.३ | ०.७ |
| एभरेस्ट | १० | १०.५३ |
| एनआईसी एसिया | २९ | १.५२ |
| सानिमा | ९ | ५.७ |
| सिटिजन्स | ० | ५.७९ |
| सिद्धार्थ | ० | ४.२१ |
| स्टान्डर्ड चार्टर्ड | ० | १९ |
| ग्लोबल आईएमई | १ | ८ |
| नेपाल एसबीआई | ३.७५ | ६.८ |
| नबिल बैंक | ० | ११ |
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij