२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुस ६ देखि मोरङ व्यापार संघ एक्स्पो- २०२३ हुने

पुस ६ देखि मोरङ व्यापार संघ एक्स्पो- २०२३ हुने

695
Shares

विराटनगर- विराटनगरमा हरेक वर्ष लाग्दै आएको ट्रेड एक्स्पो यस वर्ष ‘मोरङ व्यापार संघ एक्स्पो- २०२३’ का नाममा पुस ६ गतेदेखि सुरू हुने भएको छ। मोरङ व्यापार संघले आयोजना गर्ने एक्स्पोमा अन्तर्राष्ट्रिय कृषि, पर्यटन, तथा औद्योगिक प्रदर्शनी हुने संघ अध्यक्ष नवीन रिजालले जानकारी दिए।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले पुस ६ देखि १६ गतेसम्म एक्स्पो सञ्चालन हुनेछ। एक्स्पोका संयोजक अनिलकुमार साहका अनुसार एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरू प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरू प्रवर्द्धन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरूबारे छलफल गर्नेछ।

एक्स्पोमा २५० वटा स्टल रहने र १५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ। एक्स्पोको चार लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। संघका अनुसार एक्स्पो सञ्चालनका लागि संघ, प्रदेश तथा स्थानीय सरकारहरूको र निजी क्षेत्रका अरू संघसंस्थाको पनि सहयोग रहने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij