काठमाडौं– ग्लोबल आइएमई बैंकले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरे। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५१ पुगेको छ।
बैंकले ३५१ शाखा, ३६९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij