२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

675
Shares

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij